+
+

बाजुरामा रोकिएको मतदान शान्तिपूर्ण सम्पन्न, ५९७ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १८:०१
फाइल तस्वीर

१० मंसिर, डाेटी । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको बताए ।

४ मंसिरमा मतदना सुरु भएको केही समयमै नेपाली कांग्रेस र एमाले कार्यकर्ताहरूबीच झड्प हुँदा मतदान स्थगित भएकाे थियाे । साे दिन २८ मत मात्रै खसेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?