+
+

सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १२:१२

काठमाडौं । सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो ।

कविता संग्रहमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए । साहित्यकारहरु दिनेश अधिकारी, प्रकाश सायमी, शरदचन्द्र वस्ती, विष्णुविभू घिमिरे, तारा बराल, विटु केसी बराल लगायतले कृतिको सफलताको कामना गरे ।

तीसको दशकदेखि साहित्य सिर्जना गर्दै आएका नेपालको यो पहिलो कविता संग्रह हो । उनी अमेरिकाको बोस्टनमा बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?