+
+

विश्वकप प्रिभ्यूः बेल्जियमविरुद्ध मोरक्कोलाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १५:०१

बेल्जियमविरुद्ध मोरक्को
समयः राती पौने ७ बजे
अल थुमाना रंगशाला

११ मंसिर, काठमाडौं । मोरक्कोको फुटबल टिमलाई द एटलास लायन्सको उपनामबाट चिनिन्द । यो टिमले आइतबार राती पौने ७ बजे कतारको अल थुमाना रंगशालामा रेड डेभिल्स (बेल्जियम)को सामना गर्नेछ ।

समूहको निर्माण हुँदा बेल्जियम यो खेलमा प्रस्ट रुपमा दावेदार टिमको रुपमा देखिएको थियो । तर, समूहको पहिलो खेलमा क्यानडाविरुद्ध उनीहरुको खराव प्रदर्शनले मोरक्को समर्थकलाई उत्साहित बनाएको छ । विश्वकपमा आफ्नो टिमले उचारतडावपूर्ण नतिजा दिनेमा उनीहरु आशाबादी छन् ।

क्यानडाको गतिशील र शुसंगठित टोलीसँग बेल्जियमले संघर्ष गर्नुपरेको थियो । क्यानडा टिम कम्तिमा एक अंकको हकदार थियो । तर, अन्तिममा एउटा सानो कमजोरीले १–० हार ब्यहोर्नुपरेको थियो ।

फिफा वरीयतामा दोस्रो स्थानमा रहनुका बाबजुद बेल्जियन टिमको पछिल्लो प्रदर्शन अनिश्चित देखिएको छ । नेशन्स लिगमा पोल्याण्डमाथि ६–१ को प्रभावशाली जित निकालेको यो टिमले लगत्तै अर्को खेल नेदरल्याण्ड्ससँग ४–१ ले हारेको थियो ।

सम्भवतः बेल्जियमको स्वर्ण पुस्ताका लागि यो अन्तिम विश्वकप हो । रियल मड्रिडका स्टार मिडफिल्डर इडेन हाजार्डजस्ता खेलाडीको बढ्लो उमेरको असर क्लब वा देशका लागि खेल्दा देखिन सुरु भइसकेको छ ।

यो खेल एक सन्तुलित र क्षमतावान मोरक्को टिमका लागि अनिश्चित बेल्जियम टिमलाई हराउने वास्तविक अवर पनि हुनसक्छ ।

समूहको पहिलो खेलमा मोरक्को जितको अवसरमा चुक्न पुगेको थियो । उनीहरुले क्रोएसियासँग गोलरहित बराबरी खेले । यद्यपी चेल्सीका हाकिम जियाच र पीएसजीका अचरफ हाकिमीको प्रदर्शन शानदार थियो । क्रोएसियासँगको खेलमा तिघ्रामा चोट बोकेका हाकिमीले बेल्जियमसँग खेल्न सक्ने नसक्ने निश्चित भइसकेको छैन ।

बेल्जियममा जन्मिएका थुप्रै खेलाडी मोरक्को टिममा छन् । तीमध्ये सेलिम अमल्लाह पनि हुन् । जसले आजको खेलमा लेफ्ट विङ भूमिका पाउनेछन् ।

तिघ्राको चोटका कारण इन्टर मिलानमै नियमित खेल्न नसकेका रोमेलु लुकाकु मोरक्कोविरुद्ध सब्स्टिच्युडका रुपमा मैदान प्रवेश गर्ने सम्भावना छ । यसो हुँदा बेल्जियन टिमको अग्रपंक्तिमा मिच बाट्सुयीले नेतृत्ज गर्नेछन् । जसको गोलमार्फत बेल्जियमले क्यानडासँग तीन अंक खोसेको थियो ।

क्रोएसियासँगको खेलमा स्टे«चरबाट मैदानबाहिर निकालिएका बायर्न म्युनिखका नोउसायर माज्राओई पनि हाकिमीसँगै क्रोएसियालको चोटग्रस्त सूचीमा छन् ।

विश्वकपमा बेल्जियम र मोरक्को करिव तीन दशकअघि एकपल्ट आमने सामने भएका थिए । सन् १९९४ को विश्वकपमा मोरक्कोले बेल्जियमसँग १–० को हार भोगेको थियो । समूह एफका अरु दुई टिम क्यानडा र क्रोएसियाले आइतबारै खेल्नेछन् ।

यो खेलमा जित हासिल गरेमा बेल्जियम समूहको एक खेल अगावै नकआउट चरणमा पुग्नेछ । मोरक्कोले जितेको अवस्थामा नकआउट चरणमा पुग्न अन्तिम खेल निर्णायक हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?