+
+

जगदम्बा मोटर्सद्वारा विर्तामोडदेखि कन्यामसम्म एओजी राइडको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १३:११

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार विर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।

३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भएका थिए । राइडरहरुले नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन समेत गरे ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

राइडमा सहभागी राइडमा सहभागी अनुप श्रेष्ठले पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा कम्पनीलाई धन्यवाद दिए ।

टीभीएसका प्रमुख मार्शल गौरवले कार्यक्रमका बारेमा अनुगमन गरेका थिए भने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए ।

कम्पनीका अनुसार एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?