+
+

व्यक्तिगत कोशेढुंगापछि रोनाल्डोको नजर विश्वकप ट्रफीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १९:३३

१२ मंसिर, काठमाडौं ।  आफ्नो अन्तिम विश्वकप हुने सम्भावनाबीच घेरिएर पनि पोर्चुगलका महान खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्व फुटबलमा आफ्नो छाप छोडिरहेका छन् ।

बिहीबार, उनी पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

यस सिजनको सुरुमा, उनले आफ्नो करियरको ७०० औं क्लब गोल गरे ।

३७ वर्षियाको लागि यो नराम्रो हैन, प्रशिक्षक एरिक टेन ह्याग र क्लबका मालिकहरूको आलोचना गर्दै अन्तर्वाता दिएपछि म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेका रोनाल्डोले कतार पछि कहाँ खेल्छन् थाहा छैन ।

सोमबार उरुग्वे विरुद्धको जित निकाले पोर्चुगल समूह एचबाट नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ ले पराजित गरेको थियो । ‘यो सुरुवात मात्र हो,’ रोनाल्डोले एक इन्स्टाग्राम पोस्टमा भने, ‘त्यहाँ कुनै असम्भव छैन ।’

तर यदि फुटबलको सबैभन्दा प्रमुख ट्रफी उठाउने आफ्नो महत्वाकांक्षा हासिल गर्ने हो भने, उनले यो आफैं गर्न सक्दैनन् । घाना विरुद्ध पनि यो स्पष्ट देखियो । जहाँ पोर्चुगलका लागि जाआओ फेलिक्स र राफेल लियाओको गोल पनि आवश्यक भयो ।

फेलिक्स पोर्चुगलका लागि रोनाल्डोको सिंहासनको सम्भावित उत्तराधिकारी हुन् । र उनी युनाइटेडमा जाने सम्भावना पनि उत्तिकै रहेको छ ।

यदि कतार रोनाल्डोको अन्तिम वर्ल्ड कप डान्स हो भने चालहरू पहिलेको जस्तो तरल छैनन् । घाना विरुद्ध उनको गोल पेनाल्टीबाट आएको थियो । उनको करिअरमा रहेको व्यक्तिगत प्रतिभाको उत्कृष्टताको रुपमा आएको थिएन ।

फिफा प्राविधिक अध्ययन समूहका सदस्य सन्डे ओलिसेहले मोहम्मद सलिसुबाट विवादित फाउल जित्ने उनको क्षमतालाई अझै पनि ‘पूर्ण प्रतिभा’ को रूपमा वर्णन गरे ।

घानाका कोच ओटो एडोले जोड पेनाल्टी दिनु नहुने बताएका थिए । रोनाल्डोको उत्सवले यो संकेत गर्छ कि उनी कहाँबाट गोल हुन्छ भन्ने वास्ता गर्दैनन् । जबसम्म गोल हुन्छन् । तर पोर्चुगलले त्यस्ता क्षणहरूमा मात्र भर पर्न सक्दैन ।

एट्लेटिको मड्रिडका फरवार्ड फेलिक्स, युनाइटेड मिडफिल्डर ब्रुनो फर्नान्डेज र म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भा पनि कम छैनन् ।

‘हामीसँग खेलाडीहरू छन् जुन अरू भन्दा बढी देखिन्छन् र उनीहरूलाई उच्च प्राथमिकता र दबाबका साथ सामना गर्न आवश्यक छ,’ सान्तोसले लुसेल स्टेडियममा खेलअघि आइतबार पत्रकार सम्मेलनमा भने ।

‘उनीहरूले आफूलाई एक विशेष तरिकामा व्यक्त गर्छन् । त्यहाँ अधिक बहिर्मुखी खेलाडीहरू छन् र ती अधिक अन्तर्मुखी छन्, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरू समूहको रूपमा खेल्छन्, एक टोलीको रूपमा सँगै खेल्छन् ।’

पोर्चुगल प्रशिक्षणका क्रममा करङमा चोट लागेका डानिलो परेरा बिना हुनेछ । ३९ वर्षीय सेन्टर ब्याक पेपेले उनको स्थान लिन सक्नेछन् ।

उरुग्वेले प्रतियोगिताको पहिलो खेलमा दक्षिण कोरियासँग ०–० को बराबरी खेलेको थियो ।

पोर्चुगल जस्तै उरुग्वेको टिममा पनि पुरानो र नयाँको मिश्रण छ । रियल मड्रिड र बार्सिलोनामा क्रमशः रोनाल्डोको लामो समयदेखि प्रतिद्वन्द्वी लुइस सुआरेज आक्रमणमा छन् ।

डार्विन नुनेज र फाकुन्डो पेलिस्ट्री देशको नयाँ पुस्ताको प्रतिभाको रुपमा छन् ।

३५ वर्षको उमेरमा सुआरेज पहिले जस्तो शक्तिशाली रहेनन् । दक्षिण कोरिया विरुद्धको खेलमा उनी एक घण्टापछि उनी प्रतिस्थापन भएका थिए ।

उनको स्थानमा अर्का ३५ वर्षीय एडिन्सन काभानीले खेले तर उरुग्वेले अझै गोल गर्न सकेन । ‘मैले भने कि हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेनौं’, उरुग्वेका प्रशिक्षक डिएगो अलोन्सोले भने, ‘यद्यपि, हामीले पहिलो हाफमा उनीहरूको एक विरुद्ध ६ वटा गोल गर्ने मौका पाएका थियौं । हामीले दक्षिण कोरियाको पोष्टमा प्रहार गर्‍यौं ।’

घानाले पोर्चुगलको डिफेन्समा कमजोरीहरू उजागर गरेको थियो । तर दक्षिण अमेरिकी टिमले सोमबार मौकाको सदुपयोग गर्ने हो भने धेरै चुस्त हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?