+
+

थापाथलीको सुकुम्वासी बस्ती आज पनि अशान्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १३:१६

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त छ ।

उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाए ।

त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् ।

आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे ।

अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुमध्‍ये केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्‍यानर राखेर अनसनमा बसेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त छ । यो क्षेत्रमा करिब ५ हजार सुकुम्वासीको जनसंख्या रहेको अनुमान छ ।

तस्वीर : आर्यन धिमाल/चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?