+
+

कासेमिरो विश्वका एक ‘उत्कृष्ट मिडफिल्डर’, जो बने ब्राजिलका लागि नायक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:३८

१३ मंसिर, काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र स्वीट्जरल्याण्डको खेल सुरु हुनुअघि कतारको सडक र मेट्रोमा, समुन्द्र अनि पहेंलो र हरियो रंगको झन्डाका साथमा ब्राजिलियन समर्थक देखिएका थिए । उनीहरु रास अबु अबाउद रंगशालामा पसे । यो रंगशालामा स्वीट्जरल्यान्ड समर्थकको तुलनामा ब्राजिलियन समर्थक धेरै नै थिए ।

उनीहरु धेरै ब्राजिलियन स्टार नेयमारलाई हेर्न चाहन्थे । ‘नेयमार जर्सी नम्बर १०’ हेर्ने इच्छा धेरैको थियो तर त्यहाँ कुनै पनि समर्थक कासेमिरोको लागि थिएनन् । ‘कासेमिरो जर्सी नम्बर ५’ कसैको इच्छा थिएन ।

तर स्वीट्जरल्यान्डसँगको खेल बराबरीमा सकिने तरखर हुँदै गर्दा खेलको ८३ औं मिनेटमा गोल गरेपछि कासेमिरो सबैको प्रिय बने । खेलको हिरो बनेका ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई विश्वकपको उत्कृष्ट मिडफिल्डर भनेर भनियो । सोमबार भएको रेड्रिगोको पासमा गोल गर्दै उनले ब्राजिललाई ग्रुप अफ १६ को बाटो देखाएका थिए ।

ब्राजिलका डिफेन्सिभ मिडफिल्डर कासेमिरोको विश्वकपमा व्यक्तिगत पहिलो गोल थियो ।

उनको त्यो गोलबाट ब्राजिलियन पूर्व स्टार रोनाल्डो, रोबर्टो कार्लोस तथा काफु पनि निकै खुसी भए । यी लेजेण्ड फुटबलरले एकै ठाउँमा बसेर ब्राजिलको खेल हेरेका थिए ।

म्यान अफ द म्याच बनेका कासिमिरोले भने, ‘मैले गोल गरें, तर यसमा मेरो पूरै टिमको सामुहिक प्रयास रहेको थियो । हामीले जित्छौं भने हामी टिमले जित्छौं हार्‍यौं भने पनि टिमले हार्छौ । यसले मेरो मानसिकतामा प्रभाव पार्दैन ।’

विश्वकप फुटबलको उपाधि जित्ने हो भने खेलाडीको रुपमा एक टिमको रुपमा खेल्नुपर्ने बताए । भने, ‘ब्राजिलको राष्ट्रिय टिमको रुपमा खेलनुपर्छ ।’

‘यो निकै महत्वपूर्ण कुरा हो, कि म सबैभन्दा पहिला त टिमको लागि खेल्छु । टिमलाई सहयोग गर्दै सन्तुलनमा राख्नु मेरो जिम्मेवारी हो’, उनले भने, ‘हामी रक्षात्मक विपक्षीसँग खेल्दै छौं भने हामीले मैदानमा के हुँदैछ भन्ने महसुस गर्न सक्नुपर्छ । मेरो पहिलो कर्तव्य डिफेन्स हो तर गोल किक लिने अवसर आएको खण्डमा त्यो निकै महत्वपूर्ण हो ।’

बीबीसी स्पोट्र्सको लागि लेखदै गर्दा ब्राजिलियन पूर्व मिडफिल्डर गिल्बर्टो सिल्वा भन्थे, ‘कासेमिरोसँग डिफेन्सिभको साथसाथै जिम्मेवारी बहन गर्ने क्षमता छ । कासेमिरो चलाख खेलाडी हुन् । उनीसँग मिडफिल्डमा अदृश्य रुपमा ‘स्मार्ट’ हुने कला छ । जुन विपक्षीको लागि सहज होइन ।

म्यानचेस्टर युनाइटेडका यी खेलाडीले खेलको सामान्य समयमा जम्मा सात मिनेटको समय रहँदा एक उत्कृष्ट गोल गरे । उनको त्यो गोल नै ब्राजिलका लागि जितको आधार बन्यो । रेफ्रीको अन्तिम सिठ्ठी पछि सबैसँग उनले आफ्नो खुसी साटे ।

चोटग्रस्त भएका नेइमारले खेलका बारेमा एक ट्वीट लेख्दै भने, ‘कासेमिरो विश्वको सर्वश्रेष्ठ मिडफिल्डर हुन् ।’

खेल सकिएपछि कासेमिरोलाई नेइमारको ट्वीटको बारेमासोध्दा उनले भने, ‘मेरो स्वाभावैले म सबैको प्रतिक्रियाको सम्मान गर्छु । आफैंले केही राय भने राख्दिन तर आज म यसलाई अनुमति दिँदै उनको कुरामा सहमति जनाउँछु ।’

१९९८ मा फ्रान्ससँग पराजित भएको बेला ब्राजिलियन टिमका सहायक रहेका सीजर सम्पियोले भने, ‘कासेमिरो पछिल्लो चार वर्षमा ब्राजिलको पहिलो रोजाईको रुपमा खेलिरहेका छन् । उनी मैदानको बिचबाट पनि गोल गर्ने क्षमता राख्छन्, जसले उनीमा रहेका महत्वपूर्ण फरक देखाउँछ ।’

नौ वटा सिजन रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका कासेमिरो अगष्टमा ६० मिलियन युरोमा युनाइटेडमा आवद्ध भएका हुन् । उनलार्ई युनाइटेडको मिडफिल्डको आवश्यकता अनुसार अनुबन्ध गरेको थियो ।

चार वर्षमा फेरिएको ब्राजिल

चार वर्षअघि, अर्थात अघिल्लो संस्करणको विश्वकपमा बेल्जियमले ब्राजिललाई क्वाटरफाइनलमा पराजित गरेको थियो । जुन संस्करणबाट ब्राजिल बाहिरियो । त्यस समयमा कासेमिरो ब्राजिलको टिममा समावेश थिएनन् । मिडफिल्ड सम्हाल्ने जिम्मा फर्नान्डिहोलाई दिइएको थियो ।

२००२ मा पहिलो पटक विश्वकपको उपाधि जितेको ब्राजिल चार वर्षअघि र अहिले फरक रहेको कासेमिरोको भनाइ रहेको छ । ‘मलाई लाग्छ, चार वर्ष भइसक्यो । नयाँ खेलाडी छन्, हामीसँग खेलाडी परिवर्तन गर्ने धेरै वैकल्पिक खेलाडीहरु छन् । जसले गर्दा यो टिम परिवर्तन नगरी पनि खेलाडीहरु पर्याप्त छन् ।’

‘हाम्रो खेल्ने तरिका फरक बनाउन सक्छौं । यसमा कुनै शंका छैन कि २०१८ को ब्राजिल टिम र अहिलेको ब्राजिल टिममा निकै फरक रहेको छ’, कासेमिरोले थपे ।

ब्राजिलियन प्रशिक्षक टिटेले भने, ‘म कासेमिरोको संकेत बुझ्छु । हाल टिममा वैकल्पिक खेलाडीहरु पर्याप्त छन् । ब्राजिलको चार वर्षको मेहनत छ । सक्षम युवा खेलाडी छन् । आज कसले जित्यो ? यो टिमको विकासमा सुनमा सुगन्ध भरेको जस्तै हो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?