+
+

नबिल बैंकको काम नलाग्ने कागजपत्रलाई डोको रिसाइक्लर्सले व्यवस्थापन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:४८

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरु व्यवस्थापन गर्न सम्झौता भएको छ । सम्झौता अनुसार डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्र्याइ पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दीगो व्यवस्थापनका लागि सहकार्य गर्ने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका छन् । सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्ने जनाएको छ ।

बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्र्याइ पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरण मैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ । यस्तै व्यवहार परिवर्तनका लागि बैंकका कर्मचारीहरु तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ ।

सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरु श्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ । यस सम्झौताले बैंकले लिएको दीगो बैंकिङको अवधारणालाई टेवा पुग्ने दाबी बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?