+
+

मिस अर्थमा नेपालको महत्वपूर्ण जित : इको-भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट

मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते २०:३१

काठमाडौं । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् ।

पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरिन् ।

मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो । सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् जसलाई निकै रुचाइएको थियो ।

संसारका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए । कोरोना महामारीले अघिल्ला दुईवर्ष हुन नसकेको प्रतिस्पर्धा यसपटक भौतिकरुपमा भएको हो । मिस अर्थको यो २२ औं संस्करण थियो जहाँ वातावरण संरक्षणका मुद्दाहरु प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?