News Summary
Generated by OK AI. Editorially reviewed.- विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको पहिलो कामको रूपमा 'विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन' ल्याउन विधेयक बनाउने निर्णय गरेका छन् ।
- मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी यकिन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरिएको छ ।
- सरकारले साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान प्रविधि क्षेत्रलाई अलग गरी नयाँ मन्त्रालय गठन गरेको हो ।
२८ जेठ, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सम्हाल्दै आएको मन्त्रालयको विधेयक बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।
विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने निर्णय गरिएको मन्त्री पुनको भनाइ छ ।
उनले यो जानकारी फेसबुकमार्फत् दिएका हुन् । मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन लागेको जानकारी दिँदै उनले लेखेका छन्, ‘यो मन्त्रालय चलाउन अरु–अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन । सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो ।’
साथै मन्त्रालय सन्चालनका लागि आवश्यक दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे पनि गर्ने मन्त्री पुनले जानकारी दिएका छन् ।
‘यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने, र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्वे सर्भेक्षण (ओ एण्ड एम) गर्ने निर्णय गरियो,’ उनले लेखेका छन्, ‘विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो ।’
सरकारले साविकको ‘शिक्षा विज्ञान तथा प्रविधि’ मन्त्रालयबाट विज्ञान प्रविधि निकालेर ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन’ मन्त्रालय गठन गरेको छ ।
प्रतिक्रिया 4