0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

महावीर पुन मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने लगभग निश्चित भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
  • मन्त्री बन्ने चर्चाबारे उनले भने, 'मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन । कसैले फोन पनि गरेको छैन ।'
  • सरकारले बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरेको छ ।

२६ जेठ, काठमाडौं । म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।

यसबारे पुनसँग जिज्ञास राख्दा यस विषयमा आफूले जानकारी नपाएको प्रतिक्रिया दिएका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन । कसैले फोन पनि गरेको छैन ।’

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।

उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।

यसअघिको अन्तरिम सरकारमा पुन शिक्षामन्त्री थिए ।

गत फागुन २१ को चुनावमा उनी म्याग्दीबाट स्वतन्त्र रुपमा चुनाव जितेका थिए । उनलाई चुनावमा रास्वपाले समर्थन गरेको थियो ।

रास्वपाका सांसद भएपनि उनको   संसद्‌मा स्वतन्त्र सांसदको हैसियत छ  ।

पुनले लामो समयदेखि विज्ञान तथा नवप्रवर्तनको वकालत गर्दै आएका छन् ।

उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना  गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?