+
+
Shares

नेपालले फरेन्सिक ल्याब धेरै बनाउन सक्दैन : सांसद पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आफू राजनीतिक नभई समृद्धिको ढोका खोल्न नयाँदिल्ली आएको बताए ।
  • उनले “नयाँदिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मान्छे आए म समृद्धिको ढोका खोल्न नयाँदिल्ली आएको हुँ” भनी टिप्पणी गरे ।
  • लामिछानेले समृद्ध नेपालका लागि सहकार्य गर्ने एजेन्डा बोकेको र आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थ नरहेको उल्लेख गरे ।

२१ जेठ, काठमाडौं । प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याब धेरै बनाउन नसक्ने बताएका छन् ।

बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रदेश प्रदेशमा त्यस्ता खालको ल्याबहरू बनाउनुपर्ने आवश्यकताा औंल्याएपछि उनले यस्तो बताएका हुन् ।

उक्त ल्याबका लागि आवश्यक पर्ने उपकरणहरू धेरै महंगो हुने भएकाले प्रदेश प्रदेशमा त्यस्ता खालका ल्यावहरू राख्ने कुरा नेपालको क्षमताले नभ्याउने पूर्वशिक्षामन्त्री समेत रहनुभएका सांसद पुनको भनाइ थियो ।

‘एकदम राम्रो प्रविधियुक्त र आधुनिक प्रविधि युक्त साना–साना कार्यालय प्रदेश प्रदेशमा खोलेर नेपालमा हजार केसमा ५, १० केस आत्माहत्या गर्नेलगायतका यस्त केस पनि आउला । जसको यो फरेन्सिक जाँच गर्नुपर्ने कुराहरू पनि होला । त्यसकारण यसलाई आवश्यकता अनुसार प्रदेशप्रदेशमा खोल्नुपर्ने त भनियो,’ पुनले भने, ‘तर यो अनुसार प्रयोगशालाका लागि आईएसओ लिने भन्नेकुरा चाहीँ ज्यादै महंगो कुरा हो । आईएसओ त्यत्तिकै दिँदैन क्या । यसलाई लिनका लागि आवश्यक मात्रामा चाहिने उपकरणहरू त हुनुपर्‍यो । ती उपकरणहरू यति महंगो हुन्छ । त्यो उपकरण नभई आईएसओ दिँदैन । आईएसओ भएन भने विदेशमा यसको मान्यता हुँदैन ।’

आईएसओ मान्यता प्राप्त गर्नुपर्ने भएकाले पनि उक्त ल्याव नेपालले धेरै बनाउन नसक्ने भएकाले एउटा बनाउने र कतिपय चेकजाँचको काम विदेशमा नै लगेर गर्नुपर्ने अवस्था नेपालको रहेको पनि उनले स्पष्ट पारे ।

‘त्यसकारण यो थोरै खोल्ने, एउटा खोल्ने, यसलाई सकेसम्म आधुनिक बनाउने, तर आधुनिक बनाउन नै सकिँदैन । किनभने पैसा धेरै लाग्छ । त्यसरकारण यहाँ आफनो क्षमताले भ्याउने जति यहाँ गर्ने । भएन भने विदेशमा पनि पठाउनु पर्‍यो । जस्तो कोरोनाको समयमा त्यसको जाँचका लागि हङकङ पनि पठाएको थियो नि । यहाँ नभएर त्यहाँ पठाएको त हो नि । त्यस्तो कुराहरू हुन्छ । त्यो पैसा धेरै चाहिने एकदमै धेरै आधुनिक बनाउनुपर्ने भएकाले यसलाई धेरै नबनाऊ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?