News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै आफू बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने बताएका छन् ।
- राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
- मन्त्रालयको जग बसालेर बलियो बनाएपछि नयाँ युवालाई जिम्मेवारी सुम्पिने उनले बताएका छन् ।
२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’
ढिला हिँडेर ठाउँमा नपुगिने भन्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4