News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले साविकको खेलकुद मन्त्रालयको भवनमा पदभार ग्रहण गर्ने भएका छन् ।
- नयाँ मन्त्रालय भएकाले हालसम्म निश्चित भवन तयार नभएकाले खेलकुद मन्त्रालयको भवन रोजिएको हो ।
- मन्त्रालयकी सहसचिव मोनिका झाका अनुसार सचिव प्रमिला बज्रचार्यको कार्यकक्ष पनि सोही भवनमा व्यवस्थापन गरिएको छ ।
२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा सांसद महावीर पुनले पदभार ग्रहण गर्दैछन् ।
नयाँ मन्त्रालय गठन भएकोले अहिलेसम्म यसको व्यवस्थापन भइसकेको छैन । यसअघि शिक्षा मन्त्रालय भित्रकै विज्ञान प्रविधि शाखाभित्र रहेर कामकाज चलिरहेको छ । त्यसैले मन्त्रालयको कुनै निश्चित भवन तयारी भइनसकेकाले उनले कता पदभार ग्रहण गर्छन् भन्ने आमचासो देखिन्छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सहसचिव मोनिका झाका अनुसार पुनले साविकको खेलकुद मन्त्रालयको भवनमा पदभार ग्रहण गर्नेछन् ।
मन्त्रालयको कामकाज हालसम्म शिक्षा अन्तर्गत रहेको साविककै महाशाखाबाट चलिरहे पनि मन्त्रीलाई भने साविकको खेलकुद मन्त्रालयमा राखिनेछ ।
केही समयअघि सरुवा भएर यस मन्त्रालयमा आएकी सचिव प्रमिला बज्रचार्यको कार्यकक्ष पनि साविककै खेलकुदमा व्यवस्थापन गरिएको थियो ।
‘हामी अहिलेसम्म उता पूरै तयारी नसकिएकाले शिक्षाकै भवनभित्रबाट साविककै महाशाखाबाट काम गरिरहेका छौँ । क्रमशः उता संरचना बन्दै जाँदा हामी पनि सर्नेछौँ,’ झाले भनिन्, ‘तर, नयाँ आउनुभएको सचिवज्यूलाई पनि उतै कार्यकक्ष व्यवस्थापन गरियो । मन्त्रीज्यूको पनि उतै हुन्छ । अन्य संरचना निर्माण र व्यवस्थापनको काम भने जारी छ ।’
प्रतिक्रिया 4