+
+

इंग्ल्याण्ड भर्सेस वेल्स : विश्वकपको पहिलो ‘अल ब्रिटिस खेल’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते २०:३२

१३ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज राति समूह बी मा रहेका इंग्ल्याण्ड र वेल्सबीच खेल हुँदैछ । नकआउट चरणमा प्रवेशका लागि निर्णयाक रहेको यो खेल विश्वकप फुटबलमा पहिलो ‘अल ब्रिटिस’ खेल हुनेछ ।

युनाइटेड किंङडम (युके) अर्थात संयुक्त अधिराजयभित्र रहेका इंग्ल्याण्ड र वेल्स पहिलो पटठक विश्वकपमा खेल्न लागेका हुन् । युकेमा इंग्ल्याण्ड र वेल्ससहित स्कटल्याण्ड र नर्दन आयरल्याण्ड छन् ।

छनोट चरणमा भने युकेभित्रका यी टिमहरु एक आपसमा खेलेपनि विश्वकपको मुख्य प्रतियोगितामा भने यसअघि कहिल्यै खेलेका थिएनन् । युरो कपमा भने बेलायतभित्रका टिमहरु एकआपसमा चार पटक भिडेका छन् ।

यो खेल अहमद बिन अली स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । इंग्ल्याण्ड फिफा वरीयतामा पाँचौ स्थानमा छ भने वेल्स १९औं स्थानमा छ । यसै समूहमा रहेका इरान र अमेरिकाबीच अर्को खेल राजनीतिका कारण चर्चामा रहँदा इंग्ल्याण्ड र वेल्स जिओपोलिटिकल राइभलको रुपमा हुनेछन् ।

सन् १९५८ पछि पहिलो पटक विश्वकप खेलिरहेको वेल्स ६६ वर्षअघिको इतिहास दोहोर्‍याउनका लागि इंग्ल्याण्डलाई हराउनैपर्नेछ । यस्तै इरान र अमेरिकाबीचको खेलको नतिजा पनि पर्खनुपर्नेछ ।

१९५८ सन् पहिलो पटक विश्वकप खेल्दा वेल्स अन्तिम १६ मा ब्राजिलसँग पराजित भएको थियो । वेल्सका कप्तान गारेथ बेलका लागि समेत यो राष्ट्रिय टिमबाट अन्तिम ठूलो प्रतियोगिता हुन सक्नेछ ।

इंग्ल्याण्डका लागि नकआउट चरणमा पुग्न वेल्स विरुद्ध बराबरी नै पर्याप्त हुनेछ भने जितले समूह विजेता बन्नेछ । इंग्ल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा छ भने १ अंक मात्र रहेको वेल्स पूछारमा छ ।

समूहको पहिलो खेलमा इरानलाई ६-२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । उता अमेरिकासँग पहिलो खेलमा १-१ को बराबरी खेलेको वेल्स दोस्रो खेलमा भने इरानसँग २-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?