+
+

भूमि आयोगले काम नगरेपछि सुकुमबासी हटाउन आफैं उत्रिएको महानगरको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:१२

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ ।

आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुमबासी समस्या समाधान गर्न भन्दै काठमाडौं महानगर, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समीति र उपत्यका विकास प्राधिकरण खटिएका छन् ।

काठमाडौं महानगर र भूमि आयोगबिच ९ भदौ ०७९ मा एक सहमति समेत गरिएको थियो । यो सहमति अनुसार महानगरले आफ्नो क्षेत्रभित्र रहेका सुकुमवासीको लगत संकलन गरेर आयोगलाई बुझाउनुपर्ने थियो । सहमती पत्रमा महानगरले सुकुमवासीको व्यवस्थापनका लागि आयोगलाई सहयोग गर्ने समेत लेखिएको छ ।

आयोगको तर्फबाट आयोग अध्यक्ष केशव निरौला र महानगरका तर्फबाट मेयर बालेन्द्र शाहले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो सहमति अनुसार काम नगरेर महानगरले आयोगको कामका बाधा पु¥याएको बताउँछन आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्का । अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाले थापाथलीमा जे ग¥यो, त्यो त संविधानको बर्खिलाप नै छ । यसलाई राष्ट्रिय भूमि आयोगको काममा बाधा पुर्याउने हर्कत पनि भन्न सकिन्छ ।’

यता काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भने आयोगले समयमा काम नगरेका कारण महानगर आफैं सक्रिय भएको दाबी गर्छन् । उनले भने, ‘आयोगले समयमै काम गरेको भए हामी किन जान्थ्यौं र ?’ सुकुमवासी समस्या समाधान गर्ने निकायले समयमै काम नगरेका कारण आफूहरु सक्रिय भएको उनको दाबी छ ।

सुकुमबासी समस्या समाधान नभएसम्मका लागि आयोग र महानगरबिचको उक्त सहमतीपत्र लागु हुने लेखिए पनि महानगरले भने आफूले सहमती नतोडेको दाबी गरिरहेको छ । महानगर प्रवक्ता मानन्धर भन्छन्, ‘हामीले सहमती तोडेका होइनौ, सुकुमबासी समस्या समाधान गर्न ढिला भइसक्यो । त्यसैले हामी व्यवस्थापनका लागि लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?