+
+
विश्वकप फुटबल :

अर्जेन्टिना आजको खेल हारे फर्कन्छ घर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:१७

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै घर फर्कन पनि सक्नेछन् ।

विश्वकप सुरु हुनुअघि अर्जेन्टिनलाई विश्वकपको दाबेदारका रुपमा हेरिएको थियो । तर विश्व फुटबलका स्टार लियोनेल मेस्सीको टिम अर्जेन्टिना आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा साउदी अरेबियासँग पराजित भयो र विश्वभरका समर्थकलाई निराश बनायो ।

पहिलो खेलमा झड्का बेहोरेको अर्जेन्टिनाले कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा दोस्रो खेलमा मेक्सिकोलाई २-० ले हराएर नकआउटको सम्भावना कायमै राखेको छ ।

अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनैपर्नेछ ।

अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ ।

तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ ।

बराबरीले अर्जेन्टिनाको नकआउट चरण यही समयमा हुने मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्ने छ । साउदी अरेवियाले जितेमा उ पनि अन्तिम १६ मा पुग्ने छ ।

तर साउदी अरेवियामाथिको जितले मात्र मेक्सिकोको नकआउट चरण यात्रा तय हुने छैन । उसले अर्जेन्टिना र पोल्याण्डको नतिजामा भर पर्नु पर्छ । अर्जेन्टिना हारेमा र साउदीलाई हराउन सकेमा मेक्सिको नक आउट चरणामा पुग्ने छ । तर अर्जेन्टिना हारेको स्थितिमा मेक्सिकोलाई बराबरीमा रोके पनि साउदी नक आउट चरणमा पुग्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?