+
+

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर हमाल र यूएईका लागि नेपाली राजदूत ढकालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १३:२५

काठमाडौं । इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर एवं नेपाली सिने जगतका नायक राजेश हमाल र यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा हमालले राजदूत ढकालसँग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए । साथै हमाल र राजदूत ढकालबीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने विषयमा समेत छलफल भएको कम्पनीले जनाएको छ ।

भेटका क्रममा राजदूत ढकालले इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको पूर्ण सफलताको कामना गरे । उनले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिएका थिए ।

विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे हमालले सहभागी नेपालीहरुलाई अवगत गराएका थिए ।

इसेवा मनी ट्रान्सफर र यूएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा हमाल यूएई पुगेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?