+
+

विश्वकपमा इंग्ल्याण्डको १०० गोल पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १३:५१

१४ मंसिर, काठमाडौं। इंग्ल्याण्डले फिफा विश्वकप फुटबलमा एक सय गोल पूरा गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार राति भएको वेल्स विरुद्धको खेल मार्कुस राशफोर्डले गोल गर्दै उक्त कोशेढुंगा बनाएको हो ।

समूह बी मा वेल्सलाई ३-० ले पराजित गर्दा रासफोर्डले पहिलो र तेस्रो गोल गरेका थिए । अर्को एक गोल फिल फोडेनले गरेका थिए ।

रासफोर्डले गरेको दोस्रो गोल विश्वकपमा इंग्ल्याण्डको एक सयौँ गोल हो । विश्वकपमा डेब्यू गोल गरेका फोडेन इंग्ल्याण्डका लागि विश्वकपमा गोल गर्ने ५२औं खेलाडीसमेत बने ।

इंग्ल्याण्ड विश्वकपमा एक सय गोल पूरा गर्ने सातौं टिम बनेको छ । यसअघि स्पेनले पनि कतारमै जारी विश्वकपमा एक सय गोल पूरा गरेको थियो । विश्वकपमा ब्राजिलले सर्वाधिक २३१ गोल गरेको छ ।

यस्तै जर्मनीले पनि दुई सय गोल गोल पूरा गरेको छ भने अर्जेन्टिना, इटली र फ्रान्सले एक सय गोलको कोशेढुंगा पार गरिसकेका छन् ।

ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले चार वर्षअघि रुसमा भएको विश्वकपमा सेमिफाइनल पुग्दा ४१२ गोल गरेको थियो । सन् १९६६ मा विश्वकप जित्दा इंऊलयाण्डले ११ गोल गरेको थियो ।

रुसमा भएको विश्वकपमा कप्तान ह्यारी बेनले ६ गोल गर्दै गोल्डेन बुटसमेत जितेका थिए । इंग्ल्याण्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी भने ग्यारी लिनेकर हुन् । उनले हालका कप्तान केनभन्दा चार गोल बढी गरेका छन् । केनले यस विश्वकपमा तीन खेल खेल्दा कुनै गोल गरेका छैनन् ।

लिनेकर र केन मात्रै विश्वकपमा गोल्डेन बुट जित्ने इंग्ल्याण्डका खेलाडी हुन् । लिनेकरले सन् १९८६ मा कमेक्सिकोमा भएको विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । केनले रुसमा लिनेकरकै बराबरी गर्दै उक्त अवार्ड जितेका थिए ।

यस्तै इंग्ल्याण्डका सर जिओफ हर्ट्सले सन् १९६६ को विश्वकप फाइनलमा ह्याट्रिक गरेका थिए । उनी विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।

उनले विश्वकपमा कूल ५ गोल गरेका छन् र सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडीमा तेस्रो स्थानमा छ । बबी चार्ल्टन र माइकल ओवेनले भने चार-चार गोल गरेका छन् ।

इंग्ल्याण्डका लागि विश्वकपमा पहिलो गोल गर्ने खेलाडी स्टान मोर्टेनसेन हुन् । उनले १९५० मा चिली विरुद्ध गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?