+
+

विश्वकप १९९४ : रोबर्टो बाजियोको खराब पेनाल्टी र ब्राजिललाई चौथो विश्वकप उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १५:०१

१७ मंसिर, काठमाडौं । आयोजनाका लागि तयारीको आधारमा एक प्रभावशाली दावीका साथ विश्व फुटबलको प्रतिष्ठित प्रतियोगिता सन्चालनको अवसर अमेरिकाले पायो । यो प्रतियोगिता अमेरिकाको ९ शहरमा सन्चालन भएको थियो ।

चार वर्षअघि रक्षात्मक मानसिकतामा रहेका टिमको प्रदर्शन हेरेर फिफाले यस संस्करणदेखि आक्रामक खेललाई प्रोत्साहित गर्न भन्दै केहि नियम परिवर्तन गरेको थियो । गोलरक्षकलाई ब्याकपास दिन पाइने नियमलाई खारेज गरियो । लाइन्सम्यानलाई अफसाइडको नियममा केहि खुकुलो पारियो । समूह चरणको खेलका विजेतालाई ३ अंक दिन थालियो ।

व्यवसायिक फुटबल लिगको कमीका बाबजुद आयोजक अमेरिका समूहमा तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गर्न सफल रह्यो । नकआउट चरणको खेलमा अमेरिकी स्वतन्त्रता दिवसका दिन उनीहरु ब्राजिलसँग १–० ले पराजित हुँदै बाहिरिए ।

यसपल्ट एसियाली देश साउदी अरव पनि अप्रत्यासित रुपमा नकआउट चरणमा प्रवेश गर्न सपल रह्यो । यो उपलब्धीका लागि उसले मोरक्को र बेल्जियममाथि विजय प्राप्त गरेको थियो ।

प्रतियोगितामा सुरुदेखि नै इटली र ब्राजिल नै उपाधिको प्रमुख दावेदारका रुपमा थिए । इटली फिफा प्लेयर अफ द इयर तथा बालोन डी’ओर विजेता रोवर्टो बाजियोको नेतृत्वमा रहँदा सुपरस्टार फरवार्ड रोमारियो र बाबेटोको प्रेरणामा ब्राजिल टिम थियो ।

साविक विजेता जर्मनी यसपल्ट क्वाटरफाइनलमा जर्मनीसँग पराजित हुँदै बाहिरियो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक थियो । दुवै टिम अतिरिक्त समयसम्म गोल गर्न असफल रहे । पेनाल्टी शुटआउटमा विश्वव्यापी सुपरस्टार रोवर्ट बाजियोले गोल गर्न सकेनन् । जुन प्रतियोगितालाई परिभाषित गर्ने क्षण बन्यो ।

ब्राजिलले आफ्नो चौथो विश्वकप उपाधि जित्न सक्यो । यो सफलता पाउने ब्राजिल पहिलो र एकमात्र देश बन्यो ।

यो विश्वकप अर्जेन्टिनाका सुपरस्टार डिएगो म्यारागोनाका लागि अन्तिम प्रतियोगिता बन्यो ।

यो विश्वकपमा रुशले क्यामरुनमाथि ६–१ गोलअन्तरको जित निकाल्दा ओलेग सालेन्कोले पाँच गोल गरे । एकै खेलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान अहिलेसम्म उनकै नाममा छ । विश्वकपमा अमेरिका र स्वीट्जरल्याण्डबीचको खेल इण्डोर रंगशालामा खेलाइयो । विश्वकपमा इण्डोर खेल पहिलोपल्ट सन्चालन भएको थियो ।

यसअघिका विश्वकपमा भन्दा धेरै ३५ लाख ८७ हजार ५३८ जनाले रंगशालामै पुगेर खेल हेरे । औषतमा प्रतिखेल ६८ हजार ९९१ दर्शक उपस्थित थिए ।

यो विश्वकपमा म्याराडोना डोपिङमा परे । उनले उत्तेजक इफेड्रिन औषधि प्रयोग गरेको पत्ता लागेपछि फिफाले प्रतिवन्ध लगाउनु अघि नै अर्जेन्टिनाले उनलाई टिमबाट निकालेको थियो ।

आत्मघाती गोलका कारण विश्वकपबाट बाहिरिएपछि आक्रोशित समर्थकले कोलम्बियाली डिफेण्डर आन्द्रेस इस्कोबारलाई घर फर्कनेवित्तिकै हत्या गरेका थिए ।

तथ्यांकमा विश्वकप १९९४

आयोजकः अमेरिका
टिमः २४
फर्म्याटः समूह चरण, नकआउट
खेलः ५२
गोलः १४१
विजेताः ब्राजिल
उपविजेताः इटली
गोल्डेन बुटः रिस्तो स्टोइच्कोभ (बुल्गेरिया), ओलेग सालेन्को (रुस)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?