+
+

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ९:०९

१५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलहरु रोमाञ्चक बन्दै गएका छन् । बिहीबार पनि समूह चरणका चार खेल हुनेछन् । समूह एफमा हुने यी चार खेलहरुबारे यस लेखमा चर्चा गरिएको छ।

समूह एफमा साविक उपविजेता क्रोएसिया, फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम, अफ्रिकन राष्ट्र मोरक्को र क्यानडा छन् ।

दोस्रो पटक विश्वकप खेलेको क्यानडा दुई खेल हार्दै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । त्यसैले अब अन्तिम १६ मा पुग्नका लागि क्रोएसिया, मोरक्को र बेल्जियम मात्र होडमा छन् । यी तीन मध्ये दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

बिहीबार राति पौने ८ बजे क्रोएसिया र बेल्जियम तथा मोरक्को र क्यानडाबीच हुने खेलपछि तीन दुई टिमको टुङ्गो पनि लाग्नेछ ।

एक जित र एक बराबरीबाट ४ अंकसहित क्रोएसिया हाल शीर्ष स्थानमा छ । उति नै अंक रहेको मोरक्को गोल अन्तर कम भएकोले दोस्रोमा छ । क्रोएसियासँग बराबरी खेलेको मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो ।

एक जित र एक हारबाट ३ अंक रहेको बेल्जियम तेस्रो स्थानमा छ । मोरक्कोसँग खेल हारेपछि बेल्जियम समूह्य चरणबाटै बाहिरिने खथरा बढेको थियो ।

अब अन्तिम खेलमा कसलाई के नतिजा चाहिन्छ ?

शीर्ष स्थानको क्रोएसिया बेल्जियमसँग बराबरी खेले मात्र पनि अन्तिम १६ मा पुग्नेछ । बेल्जियमलाई पराजित गरे क्रोएसिया समूह विजेता बन्न सक्छ । बेल्जियमको हकमा भने क्रोएसियालाई हराउनै पर्नेछ । बराबरीले बेल्जियमको सम्भावना लगभग सकिनेछ । किनभने बेल्जियम गोल अन्तरमा मोरक्को भन्दा पछि छ र मोरक्कोले तुलनात्मक रुपमा कमजोर टिम क्यानडासँग खेल्दैछ ।

क्रोएसियासँग पराजित भएमा भने बेल्जियम समूह चरणबाटै बाहिरिनेछ ।

यदि मोरक्कोको हार अन्तर ठूलो भएमा बेल्जियमले क्रोएसिया सँग बराबरी खेलेपनि अगाडि बढ्ने सम्भावना रहनेछ ।

मोरक्कोको लागि भने क्यानडासँग बराबरी नै अन्तिम १६मा पसग्न पर्याप्त हुनेछ । यदी क्यानडालाई पराजित गरेमा मोरक्को समूह विजेता बन्ने सम्भावना पनि छ । क्रोएसिया बराबरीमा रोकिएका वा पराजित भएमा मोरक्को क्यानडालाई हराएर समूह विजेता बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?