+
+

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १९:०२

१५ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायकै गरेका छन् ।

गुरूङले एमाले उम्मेदवार पद्मा अर्यालसँग २ हजार ४४ मतान्तरले अग्रता लिएका हुन् ।

बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ९०७ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ८६३ मत पाएकी छन् ।

यस्तै स्याङ्जा-२ को प्रदेशसभा (१) मा कांग्रेसकै उम्‍मेदवार भोजराज अर्याल २ हजार ७७ मतान्तरले अग्रता लिएका छन् ।

यो क्षेत्र अन्तर्गत गल्याङको वडा नम्बर ५,६, भिरकोटको वडा नम्बर ५,६,७, ८ र वालिङको १, २, ५,६ र ७ नम्बर वडाको मत गणना हुँदा अर्यालले ८ हजार ७१३ मत पाउँदा नेकपा एमालेका उम्‍मेदवार मोहन रेग्मीले ६ हजार ६३६ मत ल्याएका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?