+
+

‘दृश्यम २’को सफलतापछि रोहित सेट्टीको ‘सिंघम अगेन’मा आउँदै अजय देवगण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १२:४४

काठमाडौं । ‘दृश्यम २’को सफलतापछि अभिनेता अजय देवगण ‘सिंघम’को तेस्रो श्रृंखलामा देखिने भएका छन् । निर्देशक रोहित सेट्टीले आफ्नो कप युनिभर्सलाई अघि बढाउँदै सिंघमको सुपरहिट सिक्वेल अर्थात् ‘सिंघम अगेन’ निर्माणको औपचारिक घोषणा गरेका छन् ।

यसको अर्थ, अजय देवगण पुनः सिंघम अर्थात् प्रहरीको भूमिकामा देखिनेछन् । सिंघम तथा सिंघम रिटर्न्सपछि रोहित सेट्टीको फिल्ममा अजयलाई सशक्त प्रहरी अधिकारीको भूमिकामा हेर्न पाइने भएको छ ।

सिंघम फ्रेन्चाइजको पहिलो श्रृंखला सन् २०११ मा प्रदर्शन भएको थियो । यो फिल्म सन् २०१० निर्मित तमिल फिल्म ‘सिंघम’को हिन्दी रिमेक थियो । उक्त फिल्ममा अजयसँग काजल अग्रवाल देखिएकी थिइन् । फिल्म बक्स अफिसमा सफल भयो ।

सन् २०१४ मा दोस्रो श्रृंखला अर्थात् सिंघम रिटर्न्स रिलिज भयो, जसमा अजयसँग करिना कपुर देखिइन् । यो देख्न रोचक हुनेछ कि अब सिंघम अगेनमा निर्देशकले अजयको अपोजिटमा कुन अभिनेत्रीलाई ‘कास्ट’ गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?