+
+

रणवीर सिंह स्टारर ‘सर्कस’को कमेडी ट्रेलरमा दीपिका र ज्याकलिनको मादकता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १४:३०

काठमाडौं । रोहित सेट्टी निर्देशित र रणवीर सिंह स्टारर फिल्म ‘सर्कस’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म पुस १ गते प्रतीक्षित हलिउड फिल्म ‘अवतार २’सँगै एकसाथ रिलिज हुँदैछ ।

रोहितकै निर्देशन र निर्माण रहेको फिल्मको ट्रेलरमा सर्कसमा काम गर्ने चरित्रबीचको रोमान्स, द्वन्द्व र कमेडी चित्रण गरिएको छ । दीपिका पादुकोणको अतिथि भूमिका रहेको फिल्ममा ज्याकलिन फर्नान्डिजको समेत अभिनय छ । फिल्ममा पूजा हेग्डे, सञ्जय मिश्रा, मुकेश तिवारी र वरुण शर्माको समेत प्रमुख भूमिका छ ।

सन् १९६० को परिवेशको कथावस्तुमा बनेको फिल्म क्रिसमस छेकोमा प्रदर्शन हुन लागेको हो । ट्रेलरमा रणवीरलाई इलेक्ट्रिक म्यानदेखि चमत्कारी चरित्रसँग देख्न सकिन्छ । रणवीर र वरुणका पात्रले विभिन्न थलो यात्रा गर्दा भव्य महलदेखि सर्कसका सेटहरु भेट्छन् । उनीहरुले जतिलाई भेट्छन् ती सबैले उनीहरुसँग परिचित भएको बताउँछन् ।

ट्रेलरमा रणवीरलाई पत्नी दीपिकासँगको केमियोमा देख्न सकिन्छ भने पुजा हेग्डे र ज्याकलिनलाई प्रेमिकाको रुपमा दर्शाइएको छ । सर्कस सन् १९८२ को फिल्म ‘अंगुर’मा आधारित छ, जुन सन् १९६८ को फिल्म ‘दो दुनी चार’को रिमेक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?