+
+

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:११

१६ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् ।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’

पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?