+
+

आईएमईको साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:२०

काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरण्का लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको २२औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको कम्पनीको भनाइ छ ।

साधारणसभामा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेको स्मरण गर्दै सबैको सुझाव र सल्लाहकै वाबाजुद आईएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले आईएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग पु¥याउने सवैलाई धन्यवाद समेत दिए ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यावसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए । कार्यक्रममा आईएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेड बनेको भन्दै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने बताए । यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिने उनले बताए । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?