+
+

चीनले बनायो संसारकै ठूलो सौर्य टेलिस्कोप, अन्तरिक्ष विज्ञानमा कोसेढुंगा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १८:१५

काठमाडौं । अन्तरिक्ष विज्ञानको खोज अनुसन्धानमा अमेरिकालाई पछि पार्ने कोसिसमा लागिरहेको चीनले संसारको सबैभन्दा ठूलो सौर्य टेलिस्कोप सेट तयार पारेको छ ।

उक्त टेलिस्कोप ३.१४ किलोमिटरको एउटा गोलाकार क्षेत्रमा राखिएको छ । यो टेलिस्कोप सेट तयार पार्नका लागि ३१३ वटा डिसको प्रयोग गरिएको छ ।

यो सौर्य टेलिस्कोपबाट सूर्यको सूक्ष्म ढंगले अध्ययन गर्न सकिने र सूर्यको व्यवहारमा आउने परिवर्तनले पृथ्वीमा कस्तो असर पर्न सक्दछ भन्ने बारेमा बुझ्न सकिने बताइएको छ ।

उक्त टेलिस्कोपको नाम द दाओचेंग सोलार रेडियो टेलिस्कोप हो । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बनेको उक्त टेलिस्कोपमा प्रयोग गरिएका ३१३ वटा डिसमा हरेक डिस्क १९.७ फुट चौडा छन् । यिनी डिसको सेटअपले यो टेलिस्कोप गोलाकार रुपमा तयार गरिएको छ र ३.१४ किलोमिटरको परिधिमा फैलिएको छ ।

यो चिनियाँँ टेलिस्कोपले सौर्य आँधी तथा कोरोनल मास इजेक्सनका गतिविधिहरुमा निगरानी गर्नेछ । सूर्यमा हुने यस्ता गतिविधिहरुले पृथ्वीमा विद्युतीय असर पार्दछ र कहिलेकाहीं त्यसको असर निकै भयानक पनि हुने गर्दछ ।

कोरोनल मास इजेक्सन वा सि एम इ सूर्यको सतहबाट निस्किने सबैभन्दा भयानक विस्फोटहरु मध्ये एक हो । यसमा अन्तरिक्षमा दशौं लाख माइल प्रतिघण्टाको गतिमा एक अर्ब टन सम्मका पदार्थ बाहिर निस्किन्छन् ।

ती पदार्थहरु यदि पृथ्वीतर्फ आइपुगे भने त्यसले विद्युत प्रसारण लाइन, टेलिकम्युनिकेसनका साथै अन्तरिक्षमा रहेका स्याटेलाइट तथा अन्तरिक्षयात्रीहरु समेत खतरामा पर्दछन् ।

'We can forecast whether a solar storm bursts toward the Earth,' Wu Lin, deputy chief designer, Ring Array Solar Radio Imaging Telescope Project, said

चीनले हालै आफ्नो अन्तरिक्ष स्टेशनमा चालक दलका नयाँ सदस्यलाई पठाएको छ । उक्त सोलार टेलिस्कोप बनाउनेमध्येका एक चिनियाँ वैज्ञानिक वू लिनका अनुसार कुनै पनि सौर्य आँधी पृथ्वीमा आउन सक्दछ कि सक्दैन भन्ने कुरा अब बताउन सकिनेछ । साथै पृथ्वीमा आउन सक्ने सौर्यआँधीका बारेमा पहिले नै चेतावनी जारी गर्न सकिनेछ ।

The array, which cost $14 million (100 million yuan), will begin a pilot operation in June 2023, upon completion of further alignment testing

यसप्रकार यो सौर्य टेलिस्कोपले अन्तरिक्षको अवस्थाको भविष्यवाणी गर्न पनि सहयोग गर्ने उनको भनाइ छ । चीनको यो विशाल टेलिस्कोप सन् २०२३ को जून महिनादेखि पूर्णरुपमा सञ्चालनमा आउनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?