+
+

अबको १० वर्ष ‘मिसन इम्पोसिबल’जस्ता एक्सन फिल्ममा काम गर्छु : शाहरुख खान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते २०:३२

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् ।

साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको भनाई छ ।

सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मैले अहिलेसम्म कुनै पनि एक्सन फिल्म गरेको छैन । बरु प्रेमकथा जस्ता फिल्म गरेको छु । सामाजिक ड्रामासहितका फिल्म पनि गरेको छु , यसबाहेक केही भिलेन फिल्म पनि गरेको छु । अहिलेसम्म एक्सन फिल्मका लागि मलाई कसैले लिएको पनि थिएन ।’

उनी अघि भन्छन्, ‘म अहिले ५७ वर्षको भएँ त्यसैले अबका केही वर्ष म एक्सन फिल्महरू गर्न चाहन्छु, मिसन इम्पोसिबल जस्ता ओभर-द-टप प्रकारका एक्सन फिल्महरू गर्न चाहन्छु भन्ने सोचेको छु ।’

शाहरुखलाई ‘किङ अफ रोमान्स’ भनेर चिनिन्छ । उनले आफ्नो सम्पूर्ण करियरमा डीडीएलजे, कुछ कुछ होता है, मोहब्बतें र जब तक है जान जस्ता प्रतिष्ठित फिल्मसहित धेरै रोमान्टिक फिल्ममा काम गरे ।

यसबाहेक उनले ग्रे-सेडका केही फिल्म पनि गरेका छन् जसमा पनि ‘डर’ र ‘अन्जाम’जस्ता फिल्म छन् । शाहरुखले आफ्नो करियरमा ‘डन’ र ‘रईस’ जस्ता ‘क्राइम थ्रिलर’ फिल्म पनि गरेका छन् तर अब उनी पठानसँग फिल्म गर्न पुरै खटिएर लागेका छन् ।

शाहरुख अभिनित प्रतिक्षित फिल्म ‘पठान’ आगामी २५ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्ममा शाहरुखसहित जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् । रिपोर्टका अनुसार फिल्ममा जोन अब्राहम खलनायकको भूमिकामा देखिनेछन् ।

फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् जसले ‘वार’ र ‘ब्याङ ब्याङ’ जस्ता फिल्म बनाएका हुन् । हालै फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ जसमा शाहरुख हातमा बन्दुक लिएर देखिएका छन् ।

शाहरुखले भर्खरै साउदी अरेबियामा आफ्नो फिल्म ‘डन्की’को छायांकन सकेर मक्कामा आराधना गरेका छन् । यस क्रममा उनी सेतो पारम्परिक पोशाकमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?