+
+

बक्सिङ सिक्दै वर्षा, भन्छिन्- केही मुक्काहरुले जीवन बलियोसँग बाँच्नुपर्छ भन्ने सम्झाउँछन् 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १३:११

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले चर्चामा छिन् । वैवाहिक जीवन ठीकठाक नरहेको चर्चाबीच वर्षाले यसबारे भने सार्वजनिक रुपमा केही टिप्पणी गरेकी छैनन् ।

पति आशिष गेलालसँग अमेरिका पुगेकी वर्षा केही समय त्यहाँ रहिन् । अमेरिकाबाट फर्किएपछि भने उनी पुनः त्यता जाने तयारी छैन । अमेरिकाबाट फर्किएलगत्तै उनले विवाह जीवन र फिल्म करिअरलाई सन्तुलन मिलाएर अघि बढ्ने बताएकी थिइन् ।

यतिबेला वर्षा भने फिल्म करिअरमा पुनः फर्कने जमर्कोमा छिन् । यसका लागि केही सातादेखि बक्सिङ अभ्यासमा सक्रिय छिन् । गत साता टिकटकमा बक्सिङ सिकिरहेको भिडियो पनि पोस्ट गरेकी थिइन् ।

जसको क्याप्सन थियो- ‘केही मुक्काहरुले तपाईंलाई बलियोसँग बाँच्नुपर्छ भन्ने सम्झाउँछन् । बक्समाण्डुलाई यी खुसीको क्षणका लागि धन्यवाद ।’ उनको यो क्याप्सनले उनले बाँचिरहेको अहिलेको समय र मुडलाई प्रतिविम्बित गर्छन् ।

स्रोतका अनुसार वर्षा अभिनय करिअरमा फर्कने तयारीमा छिन् र उनी फिट एण्ड फाइनका लागि बक्सिङ सिकिरहेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?