+
+

मदिरा बिक्रीमा प्रतिबन्ध लगाउँदा कतार विश्वकपका महिला समर्थक ‘सुरक्षित’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १४:२४

१८ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ ।

जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले विश्वकपमा खेलसँग जोडिएको सत्रुतापूर्ण माहोल कम गर्न सहयोग पुगेको छ । ‘हर गेम टू’ अभियान सञ्चालन गरिरहेकी इली मोलोसनले द टाइम्ससँग बताएअनुसार उनी विश्वकप सुरु हुनुअघि कतार जाने योजनासँग चिन्तित थिइन् । ‘यहाँ आएपछि म आश्चर्यचकित भएँ,’ १९ वर्षीया युवतीले द टाइम्ससँग भनिन्, ‘यहाँ कुनै पनि प्रकारको लैगिक विभेद पाइनँ ।’

यस तथ्यका बावजुद कतारले महिलाहरुमाथिको कथित भेदभावबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ । यद्यपी रंगशालामा पुग्ने अधिकांश महिला समर्थकले त्यहाँ उनीहरुको स्वागत र सत्कार सोचेभन्दा फरक पाएको अभिव्यक्ति दिएका छन् । विशेष गरी त्यहाँको माहोल निकै सावधानीपूर्वक प्रबन्ध गरिएको थियो ।

मोलोसनलगायत थुप्रै बेलायती महिला फुटबल समर्थकहरुले यो संस्करणको विश्वकपबाट पाठ सिकेर बेलायतमा पनि यस्तै फुटबल संस्कृतिको विकास गर्नुपर्ने धारणा राखे । ‘मसँग अगाडिदेखि दिमागका बसेको धारणा थियो र त्यसलाई कसरी ट्याकल गर्ने भनेर चिन्तित थिएँ,’ मोलोसनले भनिन्, ‘वास्तविकता फरक रह्यो । मैले इंग्ल्याण्डमा कुनै पनि प्रकारको उत्पीडनको सामना गर्नुपरेको छैन । मलाई थाहा छैन उनीहरुले यहाँ पनि कसरी व्यवस्थापन गर्न सके । यो अनुभव मेरा लागि अदुभूद माहोल हो ।’

छोरीको सुरक्षाको चिन्ता गरी मोलोसनका बुबा पनि सँगै कतार आएका छन् । उनले भने, ‘म छोरीको हेरचाहको लागि मात्र आएको थिए । र, यहाँ मलाई चिन्तित हुने आवश्यकता रहेनछ ।’

कतारमा फरक अनुभव गर्ने मोलोसनमात्र एक होइनन् । अर्की समर्थक लो ग्लोभरले सन् २०१० को विश्वकपदेखि नै रंगशालामा पुगेर फुटबल हेर्दै आएकी छन् । ‘यहाँको वातावरण अतिवादी छैन । जो कोही आफ्नो टिमको रंगमा हिँडिरहेका छन् र कुनै समस्या छैन,’ उनले ब्रिटिस अखबारसँग भनिन् ।

थुप्रै मानिसहरु अहिले पनि सन् २०२० को युरो फाइनलका क्रममा वेम्बली रंगशालामा भएको हुलदंगा सम्झिन्छन् । जहाँ इग्ल्याण्ड र इटलीले उपाधिका लागि खेलेका थिए ।

एक वरिष्ठ बेलायती प्रहरी अधिकारीका अनुसार कतारमा गुण्डागर्दी शुन्य हुनुको प्रमुख कारण रंगशाला वरपर मदिराको प्रयोग र बिक्रीमा लगाइएको प्रतिबन्ध नै हो । बेलायतमा फुटबल खेलका दौरान सुरक्षामा खटिने चिफ कन्स्टेबल मार्क रोवर्टसले कतार विश्वकपबारे द टाइम्ससँग भने, ‘त्यहाँको माहेल भावपूर्ण तर मित्रतायुक्त छ । जस्तो महिला युरोको फाइनलका दौरान थियो ।’

बेलायत सरकारले सिनियर लिगका दौरान रंगशाला भित्र मदिरा सेवन गर्न नपाउने ३६ वर्ष पुरानो प्रतिबन्ध हटाउने बारे विचार गरिरहेको छ । रोयर्टसका अनुसार कतारमा समर्थकको अनुभवका आधारमा बेलायत सरकारले त्यो विचारलाई त्याग्नु राम्रो हुनेछ ।

कतारमा महिला समर्थकहरु रंगशालाको प्यारापिटमा मात्र होइन हरेक स्थानमा बाक्लै संख्यामा देखिएका छन् । जर्मनी र कोस्टारिकाबीचको खेलका लागि ३८ वर्षीया स्टेफानी फ्रापार्टले पहिलोपल्ट पुरुष विश्वकपमा रेफ्री गर्ने ऐतिहासिक जिम्मेवारी पाइन् । उनीसँग दुई महिला सहायक रेफ्रीहरु सलिमा मुकांसांगा र योशिमी यामासिता पनि थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?