+
+

दोलखाबाट प्रदेश सभामा कांग्रेसका काफ्ले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ६:००

१९ मंसिर, काठमाडौं । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा १ बाट भने नेकपा एमालेका भरत केसी निर्वाचित भएका छन् ।

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६० सालमा पशुपति क्याम्पस स्ववियू सभापति बनेका काफ्ले २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थिए ।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बनेका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य चुनिएका उनी २०७९ को आम निर्वाचनमा दोलखा प्रदेश ‘१’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?