+
+

सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक ओबराय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:१३

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् । एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।

त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना छ ।

‘नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ,’ भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं । २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु ।’

नेपाल भ्रमणलाई लिएर आफू उत्साहित रहेको बताउँदै ओबरायले आफ्नो भ्रमणले नेपालको पर्यटनलाई सघाउने विश्वास लिएका छन् । ‘नेपाल घुमिसकेपछि मैले अरुलाई पनि नेपाल घुम्न जान र महसुस गर्न प्रेरित गर्नेछु,’ उनले भनेका छन् ।

नेपाल भ्रमणमा रहँदा नवप्रवर्तन (स्टार्टअप), कलाकार र उद्यमीलाई प्रेरित गर्न प्रयास गर्ने पनि उनले उल्लेख गरेका छन् । सन् २००२ मा रामगोपाल बर्माको फिल्म ‘कम्पनी’बाट बलिउड डेब्यु गरेका ओबरायको पछिल्लो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पीएम नरेन्द्र मोदी’मा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?