+
+
Shares

‘हाइब्रिड’को प्रयोगले लोप हुँदै रैथाने बाली

रासस रासस
२०७९ मंसिर २० गते १५:३२

२० मंसिर, वालिङ । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।

ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ । वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ सङ्कलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए ।

वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो । ‘हामी आधुनिकतातर्फ लम्कदै ‘हाइब्रिड’ जातका बीउ लगाउँदै गर्दा हाम्रा पुराना बालीका बीउ लोप हुँदै गएका छन्’, उनले भने, ‘रैथाने बालीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा बेलैमा ध्यान दिइएन भने भोलिका दिन बीउमा पनि परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।’

स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ सङ्कलन अभियानलाई जारी राखेको उनले बताए । ‘रैथाने बालीको संरक्षण अभियानअन्तर्गत विभिन्न ठाउँमा पुगेर खाद्यान्न तथा तरकारी बालीका हालसम्म ५८ प्रजातिका बीउ सङ्कलन गरेका छौँ । अझै निरन्तररुपमा खोजी जारी राख्छौँ’, अध्यक्ष गुरुङले भने, ‘सङ्कलित बीउलाई कृषि विज्ञको सहयोगमा प्रयोगशालामा परीक्षण गरी कृषकलाई फिर्ता गर्ने र उत्पादन भएको बीउ फेरि संस्थाले खरिद गरी बीउ बैंककारुपमा अगाडि बढाउने लक्ष्य छ।’

अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

उनले भने, ‘स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नाका साथै उत्पादित वस्तुको बजारीकरण र सर्वसुलभ उपलब्ध गराउन जोड दिइने छ ।’ संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?