+
+

स्पेनसँगको खेलअघि मोरक्कोका प्रशिक्षक भन्छन् : विश्वकपमा हाम्रो चौथो फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १६:३३

२० मंसिर, काठमाडौं । मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले कतार विश्वकपमा आफ्नो टोलीको हरेक खेल फाइनलसरह भएको टिप्पणी गरेका छन् ।

मोरक्कोले मंगलबार राती क्वाटरफाइनल प्रवेशका लागि सन् २०१० को विश्व च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

‘विश्वकपमा छनोट भएलगत्तै मैले मेरा खेलाडीहरुसँग हामीले फाइनल मात्र खेल्नेछौं भनेको थिएँ । त्यसैले यो हाम्रो चौथो फाइनल हो,’ खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक रेग्रागुईले भने, ‘हामी आफ्नो मूल्य, सिद्धान्त र क्षमताका साथ प्रयास गर्नेछौं र जित्नेछौं । जसरी यसअघिका खेलहरुमा गर्दै आएका छौं ।’

प्रशिक्षक रेग्रागुईका अनुसार उनको टिमले समूह चरणमा क्यानडालाई २–१ ले हराउने क्रममा दोस्रो हाफमा गरेको प्रदर्शन कायम राखेमा स्पेनलाई पराजित गर्न सकिन्छ ।

‘यो खेल निकै कठिन हुनेछ । स्पेन संसारकै उत्कृष्ट टिममध्येको एक हो । उनीहरु यो प्रतियोगिता उपाधि दावेदारसमेत हुन्,’ उनले पत्रकार सम्मेलनमा थपे, ‘मानसिक रुपमा हामी तयार हुनुपर्छ । मलाई क्यानडाविरुद्ध दोस्रो हाफमा गरेको प्रदर्शन राम्रो लाग्यो । जतिबेला हामी कठिन स्थितिबाट माथि उठ्न उदाहरणीय सामुहिक खेल प्रदर्शन गरेका थियौं । स्पेनविरुद्ध म यही आशा गर्छु कि हामी सोही प्रदर्शनलाई कायम राख्न सकौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?