+
+

हात्तीको आक्रमणबाट मोरङमा वृद्धको मृत्यु

रासस रासस
२०७९ मंसिर २० गते १७:३३

२० मंसिर, मोरङ । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ ।

हात्तीले सुन्दरहरैँचा-१० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आङ्तक मच्चाउने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?