+
+

मोरक्कोका प्रशिक्षक वालिदले रचे इतिहास, बने विश्वकप क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ९:०२

२१ मंसिर, काठमाडौं । मोरक्कोका फुटबल प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पुर्‍याएर नयाँ इतिहास रचेका छन् ।

कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्दा प्रशिक्षक वालिद विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् ।

यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा युरोपियन प्रशिक्षक थिए । तर यस पटक भने कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल रहे ।

मोरक्कोका पूर्वखेलाडी समेत रहेका वालिद यसअघि सन् २०१२ मा राष्ट्रिय टिमको सहायक प्रशिक्षक थिए । उनी मोरक्को टिमको प्रशिक्षक बनेको धेरै समय पनि भएको छैन । गत अगष्टमा मात्र मोरक्कोको प्रशिक्षक बनेका उनको प्रशिक्षणमा मोरक्कोले यस विश्वकपमा गज्जबको प्रदर्शन गरिरहेको छ र अहिलेसम्म अपराजित छ ।

अन्तिम १६ मा स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनल पुगिसकेको छ ।

वालिद मोरक्कोको प्रशिक्षक बन्नुमा पनि संयोग जोडिएको छ । गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गर्दै मोरक्को फुटबल संघले पूर्व खेलाडी वालिदलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

वालिदले मोरक्कोलाई विश्वकपमा छनोट गराएकोमा भाहिदलाई धन्यवाद दिँदै मोरक्को राष्ट्रिय टिमको प्रशिक्षक बन्ने सपना पूरा भएको बताएका थिए ।

स्टार खेलाडीहरु हाकिम जियाच र नाउसेर माज्रोओउईलाई टिम बाहिर राखेपछि संघ र प्रशिक्षकबीच फरक मत हुँदा भाहिदलाई बर्खास्त गरिएको थियो । तर वालिदले भने हाकिम जियाच लगायत खेलाडी समेट्दै मोरक्कोको टोली घोषणा गरेका थिए ।

उनले सेप्टेम्बर २१ मा मदागास्कर विरुद्ध १–० को जितबाट मोरक्कोको प्रशिक्षकका रुपमा डेब्यु गरेका थिए । त्यसयता उनी अपराजित छन् ।

त्यसपछि मोरक्कोले मैत्रीपूर्ण खेलमा चिली र जर्जियालाई हराउँदा पाराग्वेसँग बराबरी खेलेको थियो ।

जारी विश्वकपमा भने मोरक्कोले समूह चरणमा दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो । मोरक्कोले स्वर्णिम पुस्ताको बेल्जियमलाई विश्वकपको समूह चरणमै हराएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?