+
+

पोखरीमा मृत भेटिइन् बालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ११:२२

२१ मंसिर, जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो ।

मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?