+
+

घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १२:०१

२१ मंसिर, जनकपुरधाम । सर्लाहीमा तीनतले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा छन् ।

उनी लालबन्दी नगरपालिका १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते भएका थिए । हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?