+
+

न्यायको अनुभूति भयो, आजैदेखि नियमित काममा फर्किन्छु : चोलेन्द्र शमशेर जबरा

‘म खुसी छु, न्याय अनुभूत भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘आजदेखि म मेरो नियमित काम काजमा फर्किन्छु । २७ गतेबाट मैले अवकाश पाउने हो ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १३:१६

२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू आजैदेखि नियमित कामकाजमा फर्किने बताएका छन् । संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र दिएलगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।

बुधबार संसदका महासचिव डा. भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । यसले न्यायको अनुभूति भएको भन्दै जबराले आजैदेखि काममा फर्कने बताए ।

‘म खुसी छु, न्याय अनुभूत भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘आजदेखि म मेरो नियमित काम काजमा फर्किन्छु । २७ गतेबाट मैले अवकाश पाउने हो ।’

उनले अगाडि भने, ‘सुरक्षाकर्मी आउँदैछन्, सुरक्षा व्यवस्थाको तयारी हुँदैछ । म पनि आफ्नो व्यवस्था गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?