+
+

लिग आयोजनाका लागि राखेपसँग एन्फाले माग्यो ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १९:११

२१ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग बजेट माग गरेको छ ।

राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट मागेको हो ।

‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था छैन । उल्लेखित लिग फुटबल प्रतियोगिता आयोजना गर्न अनुमानित १८ करोड ९ लाख ४१ हजार ३०६ रुपैयाँ खर्च लाग्नेछ,’ एन्फाले पत्रमा भनेको छ, ‘यसर्थ त्यहाँ राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकार मार्फत ए डिभिजन लिगका लागि ३ करोड, बि डिभिजन लिगका लागि २ करोड र सि डिभिजन लिगका लागि १ करोड गरी जम्मा छ करोड रुपैयाँ वजेट व्यवस्था गरि नेपालको फुटबल खेलको विकासमा सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

एन्फाले मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ठूलो धनराशी खर्चदै आएको र सहभागी क्लबहरुको तर्फबाट पनि करोडौं रुपैयाँ लगानी हुँदै आएको तर त्यसले मात्र अपुग भएकाले रकम माग्नु परेको स्पष्ट पारेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?