+
+

फुटबल प्रशिक्षण पढ्न पूर्वखेलाडी रमेश रियल मड्रिड जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १६:३६

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रमेश ज्ञवाली फुटबल कोचिङ र म्यानेजमेन्ट कोर्स गर्न स्पेनको मड्रिड जाने भएका छन् ।

५० वर्षीय ज्ञवाली रियल मड्रिड ग्रयाजुएट स्कुल-युनिभर्सिडाड युरोपिअमा इन्टरनेशनल मास्टर इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट कोर्स गर्न जान लागेका हुन् । यो कोर्समा प्रशिक्षक र म्यानेजर दुवैको विषय समावेश गरिएको हुन्छ ।

उक्त कोर्स २०२२ अक्टोबरदेखि नै सुरु भइसकेको छ । तर भिसा समस्याका कारण उनले काठमाडौंबाटै अनलाइनमा कोर्स गरिरहेका छन् । ‘कोर्स सुरु भइसकेको छ । मेरो भिसा ढिला भएकोले यतैबाट अनलाइनमा कोर्स गरिरहेको छु । अब केही समयपछि स्पेन जानेछु’ ज्ञवालीले भने ।

झण्डै एक वर्ष सञ्चालन हुने कोर्समा विश्वका विभिन्न देशका प्रशिक्षकहरुले भाग लिनेछन् । इंग्ल्याण्ड फुटबल एसोसिएसनबाट लेभल वानदेखि थ्री सम्मको कोर्स गरिसकेका रमेश विभिन्न चरणको अन्तर्वार्ता पार गर्दै कोर्सका लागि छनोट भएका हुन् ।

उनले यस किसिमको कोर्सका लागि छनोट हुनु आफ्नो लागि अवसर रहेको बताए । ‘यो मेरो लागि ठूलो अवसर हो । स्पेनको रियल मड्रिड क्लबमा गएर कोर्स गर्न पाउनु राम्रो कुरा हो’ ज्ञवालीले भने । उनले त्यहाँ अध्ययनका साथ साथै इन्टर्न पनि गर्नेछन् ।

कोर्सका लागि मात्रै १४ हजार युरो भन्दा बढी शुल्क लाग्नेछ भने एक वर्षमा करिब ३० हजार युरो खर्च हुने उनको अनुमान छ । हाल ब्रिटिस स्कुलमा पिई स्टाफको रुपमा काम गरिरहेका रमेशले आफ्नै खर्चमा कोर्स गर्न लागेको बताए ।

रमेश ज्ञवाली आफ्नो समयको उत्कृष्ट मिडफिल्डरमा पर्छन् । उनले सन् २००२ मा इराकमा भएको फिफा विश्वकप छनोटमा नेपालबाट खेलेका थिए । नेपाली टिमबाट उनले खेलेको त्यो नै ठूलो खेल हो ।

यस्तै २०५३ देखि २०६३ सम्म एक दशक उनले रानी पोखरी कर्नर टिम आरसीटीबाट खेले । आरसीटीबाट लिग जित्न नसकेपनि त्यतिबेलाको चर्चित शुभजन्मोत्सव कप लगायत विधिन्न उपाधि उनले जितेका थिए । त्यसबेलाको आरसीटीको टिममा बसन्त थापा, बसन्त गौचन, मधु कार्की, बालगोपाल महर्जन, निराजन रायमाझी लगायत खेलाडीहरु थिए ।

७ नम्बर जर्सी लगाएर खेल्ने उनलाई अर्जेन्टिनी खेलाडी गाब्रिएल बाटिस्टुटा जस्तै देखिने भनेर पनि त्यो बेला चर्चा हुन्थ्यो ।

आरसिटीमा जानुअघि उनले एक वर्ष फ्रेण्ड्समा बिताए । आरसिटीका भने आफूले कहिल्यै बेन्चमा बस्ने स्थितिमा नआएको उनले बताए । रमेशले कुनै दिन नेपाली राष्ट्रिय टिमको प्रशिक्षक बन्ने इच्छा राखेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?