+
+

निबन्धकार श्रीबाबुको ‘सन्दिग्ध शताब्दी’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १७:३०

२१ मंसिर, काठमाडौं । प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रा सङ्ग्रह ‘डोल्पो ओ डोल्पो ‘ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको आत्मपरक निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’ लोकार्पण गरिएको छ ।

नेपालको पुरानो प्रकाशन गृह साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर यी दुई पुस्तक लोकार्पण गरेको हो ।

कार्कीको आत्मपरक निबन्धसङ्ग्र ‘सन्दिग्ध शताब्दी’माथि टिप्पणी गर्दै समालोचक तथा कवि प्रमोद प्रधानले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकारहरू निक्कै कम रहेकोले यो निबन्ध जीवन र जगतलाई नजीकबाट हेर्न सकिने शक्तिशाली सङ्ग्रह रहेको बताए ।

भाषामा काव्यिक तत्वले भरिएका यी निबन्ध खण्डिकृत गरिदिएर कविताको रुपमा राखिदिने हो भने कुनै शक्तिशाली र कालजयी कविताभन्दा कम नरहेको स्पष्ट पारे ।

‘डोल्पो ओ डोल्पो ‘ मा समालोचकीय मन्तव्य राख्दै प्रा.डा. रमेश भट्टराईले दामोदर पुडासैनीको लेखन निक्कै स्तरीय र कलात्मक रहेको बताए । पुडासैनीको पुस्तकाकार रूपमा निक्कै मोटो भए पनि आफूलाई हरेक पृष्ठहरूले आकर्षित गरेको उनले बताए ।

साझा प्रकाशनद्वारा आयोजित कार्यक्रममा ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’का लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई – २०७८ सालको साझा पुरस्कार प्रदान पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?