+
+

काठमाडौंबाट दिल्ली उड्नै लागेको जहाजमा यात्रु बिरामी परेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १८:३२
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । बिहीबार साँझ काठमाडौंबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा एक यात्रु आकस्मिक बिरामी परेसँगै यात्रुलाई ‘अनबोर्ड’ गर्नु परेको छ । जसका कारण ट्याक्सी-वेबाट धावनमार्ग नजिकै पुगेको जहाजलाई पुन पार्किङ एरियामै फर्काउनु परेको थियो । जसका कारण जहाज निर्धारित समय भन्दा आधा घण्टा ढिला मात्र दिल्ली उडेको छ ।

बिरामी यात्रुलाई एम्बुलेन्सबाट अस्पताल पठाएपछि जहाज ४ः४५ मा काठमाडौंबाट दिल्ली उडेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार जहाज ट्याक्सी वे ‘इको प्वाइन्ट’ नजिकै पुगेको थियो । सोही अवस्थामा यात्रुलाई अनबोर्ड गनुपर्ने अवस्था आएपछि जहाज ट्याक्सीवे हुँदै फर्काइएको स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?