
२३ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् ।
यो खेल नेपालको समय अनुसार राति पौने ९ बजे एजुकेसन सिटी रंगशालमा हुनेछ ।
क्रोएसिया क्वाटरफाइनल पुग्दासम्म अपराजित छ ।ब्राजिल भने समूह चरणमा एक खेलमा पराजित भइसकेको छ ।
सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल सदावहार दाबेदार हो । चार वर्षअघि रुसमा भएको विश्वकपमा फाइनल पुगेको क्रोएसिया त्यो प्रदर्शलाई दोहोर्याउन चाहन्छन । त्यसैले ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वाटरफाइनल खेल प्रतिक्षित बनेको छ ।
दुवै टोली जित हात पार्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । विगत हेर्दा भने ब्राजिल बलियो देखिन्छ । यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा ब्राजिल अपराजित छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो ।
सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्याउने दाउमा छ । जहिल्यै दाबेदारको रुपमा रहने ब्राजिल २००२ फाइनलमा पनि पुग्न सकेको छैन ।
चार वर्षअघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।
२०१४ मा घरेलु भूमिमै सेमिफाइनल पुगेको ब्राजिल २००६, २०१० र २०१८ मा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
विश्व नम्बर एक टोली ब्राजिल नेइमार टिममा फर्केपछि उत्साहित छ । समूहको पहिलो खेलमै घाइते भएका नेइमारले त्यसपछि दुई खेल खेलेनन् ।
अन्तिम १६ मा मैदान फर्कँदा उनले दक्षिण कोरिया विरुद्ध गोल गरेका थिए ।
नेइमारसहित भिनिसियस जुनियर, रिचार्लिसन र लुका पाक्ओटा सम्मिलित ब्राजिलको अट्याक बलियो देखिएको छ ।
भेट्रान मिडफिल्डर लुका मोडरिचको कप्तानीमा रहेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो ।
यस पटक पनि त्यही लयलाई कायम राख्ने प्रायमसा रहेको क्रोएसियाको लागि ब्राजिलको अट्याक रोच्नु चुनौतीपूर्ण छ ।
यस खेललाई ब्राजिलको अट्याक भर्सेस क्रोएसियाको डिफेन्स पनि भन्न सकिन्छ । डिफेन्समा राम्रो रहेको क्रोएसियाले एक पनि हारेको छैन ।
चार वर्षअघि अतिरिक्त समयमा पुगेको तीन खेल जित्दै क्रोएसिया फाइनल पुगेको थियो । यस पटक पनि अन्तिम १६ मा क्रोएसियाले जापानलाई अतिरिक्त समयपछि पेनाल्टीसुटआउटमा पराजित गरेको थियो ।
समूह चरणमा मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडा विरुद्ध ४-१ को पुनरागमन जित निकालेको थियो भने बेल्जियम विरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।
अन्तिम १६ मा १२० मिनेटको खेल १-१ को बराबरी भएपछि जापानलाई पेनाल्टीसुटआउटमा ३-१ ले हराएर क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4