+
+

विश्वकपपछि कसले लेला मेसी र रोनाल्डोको ठाउँ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १६:०७
रोनाल्डो र मेसी ।

२३ मंसिर, काठमाडौं । १५ वर्षयता विश्व फुटबलमा राज गरिरहेका दुई खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप हो । उमेरले गर्दा यी दुवै खेलाडीले कतार पुग्नुअघि नै सम्भवत यो आफ्नो अन्तिम विश्वकप भनेका थिए ।

जसको अर्थ यी दुईले चार वर्षपछि विश्वकप खेल्ने छैनन् । यस्तोमा यी दुई महान फुटबलरको प्रदर्शन र ओहोदा सम्हाल्ने पालो नयाँ पुस्ताको काँधमा आउनेछ । यी दुई खेलाडीले १२ वटा बालोन डी ’ओर अर्वाड र ९ वटा च्याम्पियन्स लिगको उपाधि बाँडेका छन् । पछिल्लो १५ वर्षमा यी दुईको राज चलेको विश्व फुटबलमा अब नयाँ पुस्ता आउने छ ।

मेसी र रोनाल्डोलाई प्रतिस्थापन गर्ने कुरा सानो या सहज होइन । यी दुईका समर्थक पूरै विश्वमा छन् । फुटबल समर्थकको मन मतिष्कमा छाएको यी दुई खेलाडीलाई अब उमेरले पनि छेकेको छ । तर जीवन र खेल दुवै चलिरहेने प्रक्रिया हुन् ।
को बन्ला त नयाँ विश्व सुपरस्टार ?

उत्तरमा एक स्वभाविक नाम आउँछ– केलियन एम्बाप्पे ।

फ्रान्सका युवा स्ट्राइकर केलियन यस्ता खेलाडी हुन् , जसले विश्वकपको उपाधि उचालिसकेका छन् । पछिल्लो समय फ्रान्सले विश्वकप जित्दा पनि फ्रान्सको टिममा रहेका एम्बाप्पे भर्खर २३ वर्षका भए ।

फ्रान्सका ओलिभर जिराउड भन्छन्, ‘मलाई लाग्छ हामीले अझै पनि केलियनको उत्कृष्ट फुटबल देखेका छैनौं । उनी उत्कृष्ट खेलाडी हुन् । उनको उमेर पनि निकै बाँकी छ । उनले खेल सुधार्न सक्छन् ।’

एम्बाप्पेलाई नयाँ भने भन्न मिल्दैन । २३ वर्षका एम्बाप्पे आफ्नो करिअरको पहिलो बालोन डी’ओर र च्याम्पियन्स लिग उपाधिको प्रतिक्षामा छन् ।

केलियन एम्बाप्पे

उनले विश्वकप जितिसकेका छन्, जुन् मेसी र रोनाल्डोले जित्न सकेका छैनन् ।

विश्वकप हरेक खेलाडीका लागि आफ्नो कौशल देखाउने उत्कृष्ट स्थान हो । एम्बाप्पेसँग अझै पनि दुई वा तीन विश्वकप खेल्ने उमेर बाँकी छ । जारी विश्वकपमा पनि उनी ५ गोल सहित सर्वाधिक गोलकर्ता छन् ।

पेरिस सेन्ट जर्मनका फरवार्ड केलियनको फुटवर्क र मैदानमा सबैलाई पछि पार्ने गति तथा उत्कृष्ट फिनिसिङ उत्कृष्ट छ । जसले उनलाई मेसी र रोनाल्डोभन्दा केही फरक बनाउँछ ।
एम्बाप्पेलाई हाल सबैभन्दा जरुरत पर्ने भनेको एक उत्कृष्ट प्रतिस्पर्धी हो ।

एम्बाप्पेका लागि एक उत्कृष्ट प्रतिस्पर्धी म्यानचेस्टर सिटीका गोल मेसिन एर्लिङ हालान्ड हुन सक्छन् । २२ वर्षीय हालान्ड र एम्बाप्पे सायद दुई प्रतिस्पर्धी हुन सक्छन् ।

नर्वेजियन खेलाडी एर्लिङ हालान्डको देश विश्वकपमा छनोट हुन सकेन । जसका कारण यस विश्वकपमा हामीले हालान्डको खेल हेर्न पाएनौं ।

उनी पनि विश्वकप फुटबलमा अर्को विरासत सम्हाल्ने खेलाडी हुन सक्छन् । हालान्ड एम्बाप्पे जतिको उत्कृष्ट फिनिसिङ भएका खेलाडी त हैनन् । उनी यसमा कच्चा नै भए पनि गोलको हिसाबमा भने एर्लिङ हालान्ड एम्बाप्पेलाई टक्कर दिन सक्ने अर्का खेलाडी हुन् ।

अर्को खेलाडी भनेको १९ वर्षीय इङ्लिस मिडफिल्डर जुड बेलिङ्हम हुन् । उनको उत्कृष्ट मिडफिल्ड प्रदर्शनले उनको टिमलाई क्वाटरफाइनल पुग्न निकै सहयोग ग¥यो । उनको टिम आइतबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग भिड्नेछ ।

इङ्ल्यान्डका डेक्लान राइस भन्छन्, ‘मलाई उनीसँग खेल्न निकै रमाइलो लाग्छ । उनी युवा छन्, उनी मैदानमा राम्रो खेल्न सक्छन् । मैले उनलाई भन्ने गर्छु, जाउ खेल यो प्लेटर्फम तिम्रो लागि हो ।’

नेदरल्यान्ड्सका फरवार्ड कोडी गक्पोले हाल प्रतियोगितामा तीन गोल गरेका छन् । डच खेलाडी गक्पोले यहि गर्मीमा म्यानचेस्टर युनाइटेडमा आवद्ध भएयता आफ्नो प्रतिष्ठा बनाउन थालेका छन् । उनी डच लिग पनि खेल्छन् । उनको बारेमा डच प्रशिक्षक लुइस वर्न भन्छन्, ‘गक्पोसँग त्यो सबै क्षमता र गुण छ, जुन एक स्टार फुटबलर बन्न चाहिन्छ । उनी हरेक चिजको लागि खुला विचार राख्दछन् ।’

पोर्चुगलका जोआओ फिलिक्स हाल एथ्लेटिको म्याड्रिडमा आफ्नो प्रदर्शन देखाइरहेका छन् । उनले सन् २०१८ मा बेनफिकामा आवद्ध हुना साथ आफूलाई भविष्यको एक स्टारको रुपमा प्रदर्शन गर्न थालेका थिए । उनीसँग अलग अलग प्रकारको खेल बदल्ने क्षमता छ । उनको यो क्षमताले उनलाई उनको देशमा रहेको रोनाल्डोको छायाबाट निक्लन मद्धत पुग्ने छ

पोर्चुगलका कप्तान रोनाल्डोलाई विस्थापन गर्दै स्वीट्जरल्यान्डसँग ६–१ को जितमा गोन्सालो रामोसले ह्याट्रिक गर्दै विश्वको ध्यान आफूतिर तानेका छन् । उनले विश्वकप क्वाटरफाइनलमा ह्याट्रिक र एक असिस्ट गर्दै स्टार खेलाडीको रुमपा बलियो दाबेदारी पेश गरेका हुन् ।

२२ वर्षीय ब्राजिलियन विङ्गर भिनिसियस जुनियर पनि एक उत्कृष्ट खेल क्षमताका युवा हुन् । उनी ब्राजिलका लागि उदीयमान खेलाडीको रुपमा चिनिन थालेका छन् । उनलाई नेइमारको उत्तरअधिकारीको रुपमा हेर्न थालिएको छ ।

एपीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?