+

स्पेनको नयाँ प्रशिक्षकमा लुइस डे ला फुन्टे

२०७९ मंसिर  २३ गते १७:५१ २०७९ मंसिर २३ गते १७:५१
स्पेनको नयाँ प्रशिक्षकमा लुइस डे ला फुन्टे

२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा लुइस डे ला फुन्टे नियुक्त भएका छन् । विश्वकपमा टिमको नेतृत्व गरेका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको भोलिपल्ट स्पेनिस फुटबल संघले फुन्टेलाई प्रशिक्षक नियुक्त गरेको हो ।

६१ वर्षीय फुन्टे सेभिया र एथ्लेटिको बिलबाओका पूर्व डिफेन्डर हुन् । उनले २०१५ मा स्पेनको यू–१९ टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनकै प्रशिक्षणमा यू–२१ टिमले यूरो २०१९ को उपाधि जितेको थियो ।

फुन्टेले कोभिड महामारी चलेको बेला लिथुनिया विरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमलाई पनि सम्हालेका थिए ।

प्रशिक्षकको दाबेदारीमा बेल्जियमका पूर्व प्रशिक्षम रोबर्टो मार्टिनेज र पूर्व एथ्लेटिको बिलबाओका प्रशिक्षक मार्सेलिनो गार्सिया पनि थिए ।

स्पेनले विश्वकपको सुरुवात निकै राम्रो गरेको थियो । कतार विश्वकपमा स्पेनले पहिलो खेलमा कोस्टरिकालाई ७–० ले पराजित गरेको थियो ।

जर्मनसँग १–१ को बराबरी र जापानसँग २–१ को हार बेहोरेर पनि अन्तिम १६ मा पुगेको स्पेन मोरक्कोसँग पेनाल्टीमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

फिफा विश्वकप लुइस एनरिक लुइस डे ला फुन्टे स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय