+
+

नयाँ सरकारको प्राथमिकता अर्थतन्त्रमा सुधार : गृहमन्त्री खाण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १९:००

२३ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार हुनुपर्ने बताएका छन् । गृहमन्त्री खाँणले कोरोना महामारीपछि थला परेको अर्थतन्त्र अझै शिथिल रहेकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र चलायमान बनाउनु हुनुपर्ने बताए ।

भैरहवाको अञ्चलपुरमा आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले नयां बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने हुनुपर्ने बताए ।

सरकारले रात्रीकालीन ब्यवसाय सञ्चालन गर्ने निर्णय गरि सकेको हुदा जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिई ब्यवसाय सञ्चालन गर्न सकिने उनले बताए । रात्रिकालीन ब्यवसायलाई प्रहरीले हस्तक्षेप गर्नुको सट्टा सहयोग गर्ने उनले आश्वासन दिए ।

गृहमन्त्री खाँणले भैरहवामा औद्योगिक ब्यापार मेला सञ्चालन गर्न स्थायी जग्गा अभाव रहेकाले सिद्धार्थ मण्डपको व्‍यवस्थापन नगरपालिकाले गरे बजेट ब्यवस्थापन सरकारले गर्ने आश्वासन दिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले विषम परिस्थितिमा अर्थतन्त्र र उद्योगी व्यवसायीलाई चलायमान बनाउन महोतसव आयोजना गरिएको बताए ।

न्यौपानेले अब आउने सरकार र संसदमा देशको निजी क्षेत्रको विषयमा आवाज उठाउन संघ र प्रदेश सांसदहरुलाई आग्रह गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउंदा विमानस्थल लक्षित उद्योगी व्यवसायीहरु निराश भएको बताए ।

‘पर्यटन,कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ नाराका साथ सुरु भएको महोत्सवमा २ सय ५० स्टल रहेका छन् ।

मेलामा आउने दर्शकलाई लुम्बिनी संग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्वीक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराईने प्रचार प्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।

करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिव १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?