+
+

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते २०:१३

२४ मंसिर, रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् ।

शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।

घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी रोक्का तामाङ नेकपा माओवादी केन्द्रवाट नेकपा एमालेमा आएकी हुन । रोक्का तामाङ रोल्पाको थवाङ निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?