+
+

अरब क्रान्तिको जननी ट्युनिसियामा राजनीतिक र आर्थिक संकट, राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते ९:०८

२५ मंसिर, काठमाडौं । ट्युनिसियाको राजधानी ट्युनिसमा राष्ट्रपति काइस सइदको राजीनामा माग्दै प्रदर्शन भएको छ ।

खाद्य र आर्थिक संकटमा गुज्रिरहेको बेला हुन लागेको चुनाव अगाडि राष्ट्रपति सइदले संविधानमा गरेको संशोधनले संसदलाई कमजोर बनाउने भन्दै विरोध प्रदर्शन भएको हो ।

ट्युनिसियामा एक साता पछाडि आम निर्वाचन हुँदैछ । चुनावको कारण हो राष्ट्रपतिले गरेको संविधान संशोधन । फेरि चुनाव गराउनुपर्ने निर्णयको विपक्षमा धेरै देखिएका छन् । विरोध गर्नेहरुका अनुसार राष्ट्रपति सइदले आफैंलाई बलियो बनाउने उद्देश्यले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।

त्यहाँका तानाशाह भनेर चिनिएका बेन अलीलाई सशक्त आन्दोलनमार्फत् हटाएपछि सइद २०१९ मा राष्ट्रपति चुनिएका थिए । राष्ट्रपति सइदले सन् २०२१ मा संसद भंग गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यतिबेलादेखि नै उनले सरकार चलाइरहेका छन् । यसै वर्ष उनले थुप्रै कानुनी व्यवस्था संशोधन गरेर राष्ट्रपति पदमा शक्ति केन्द्रित गरेका छन् ।

ट्युनिसियामा एक वर्षदेखि लगातार महँगी बढिरहेको छ । यसै महिना महँगीको दर बढेर करिब १० प्रतिशत पुगेको छ । बढ्दो महँगीविरुद्ध मानसिहरु सडकमा उत्रिएर प्रदर्शन गर्दै आएका छन् ।

कतिपय कामको पारिश्रमिक नपाएको विरोधमा हड्तालमा उत्रिएका छन् । खासगरी बेकरी उद्योगमा काम गर्नेहरुले पारिश्रमिक पाएका छैनन् । पहिले सरकारले बेकरी उद्योग सन्चालकलाई अनुदान दिएको थियो । तर एक वर्षदेखि त्यो अनुदान पनि बन्द छ । ट्युनिसियामा विरोध प्रदर्शन हुनुको अर्को एक प्रमुख कारण खाद्यान्न आपूर्तिको कमी पनि हो ।

ट्युनिसियाको राजनीतिक र आर्थिक अवस्था संकटमा रहेको बीबीसीले जनाएको छ । एक दशक अगाडि अरब क्रान्तिको सुरुवात ट्युनिसियाबाट सुरु भएको थियो । त्यसको कारण सरकारप्रतिको असन्तुष्टि, सरकारको तानाशाही शैली, भ्रष्टाचार, आर्थिक असमानता, मानवअधिकार उल्लंघन लगायत थिए । अहिले ट्युनिसियामै फेरि तानाशाही शैली र सरकारप्रतिको असन्तोषकै कारण प्रदर्शन बढ्दो छ ।

१८ डिसेम्बर सन् २०१० बाट ट्युनिसयाबाट सुरु भएको आन्दोलनबाट प्रेरणा लिएर अरब क्षेत्रका अन्य देशहरुमा पनि तानाशाही शैलीको विरोध गर्दै प्रदर्शन फैलिएको थियो । जनप्रदर्शनकै कारण धेरै देशमा सरकारको नेतृत्व गरेकाहरुले सत्ता छाड्नु परेको थियो । ट्युनिसियाबाट सुरु भएको विरोध प्रदर्शनको लहर बहराइन, सिरिया, अल्जेरिया, इराक, सुडान, कुवेत, मोरक्को, इजरायल, ओमान, साउदी अरब लगायतका देशहरुसम्म फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?