+
+

इमाडोलमा ट्याक्सीसँग ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १०:२२

२५ वैशाख, काठमाडौं । ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी साढे ८ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वषर्ीय उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा दुई जना घाइते

यसैगरी चितवनको इच्छाकामना गाउँपालिका २ काउने दुम्किनमा शनिबार साँझ ६ बजे ना ६ त ९७८९ नम्बरको ट्याकटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएका स्थानीय ११ वर्षीय प्रदीप चेपाङ र १६ वषर्ीय सोम बहादुर गुरुङको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको छ । प्रदीपको तुलनामा सोमबहादुरको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?